भर्खरै : Sorry, your browser does not support inline SVG.

बैठकमा सभापतिले हेप्न खोजेपछि सभापति आरजु राणाको सातो जानेगरी जवाफ दिए सांसद सुवालले

बैठकमा सभापतिले हेप्न खोजेपछि सभापति आरजु राणाको सातो जानेगरी जवाफ दिए सांसद सुवालले

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भनाभन भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बनेपछि समितिको बैठकमा भनाभन भएको हो ।

बैठकमा आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजु राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल सभापतिमाथि खनिएका हुन् ।
सभापतिले त्यसो भन्नासाथ सांसद सुवालले ‘तपाईहरुलाई घोचेको कुरा मन पर्दैन, तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि’ भनी प्रतिवाद गरेकी थिए ।

उनले सभापति राणालाई बिपी कोइरालालाई बिपी प्रतिष्ठानमा बेचेको र भ्रष्टाचारको अखडा बनाएको पनि आरोप लगाए । उनले सभापतिलाई ठूलो कुरा नगर्न भन्दै कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको हो भन्ने कुरापनि आफूहरुलाई सबै थाहा भएको बताएका थिए ।

आक्रोशित हुँदै टेबल ठोकेका सांसद सुवाल सभापतिसँगको केही बेरको सवाल–जवाफपछि शान्त हुँदै पुनः आफ्नो संशोधनका बुँदा राखेका थिए । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

सोही अनुरुप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित थिए ।

 


Thali Mobile Pvt.Ltd.