भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेतृत्व चयन भइसकेको अवस्थामा निवेदकको माग दाबी नपुग्ने ठहर

नेतृत्व चयन भइसकेको अवस्थामा निवेदकको माग दाबी नपुग्ने ठहर

काठमाडौं । एनआरएनएको नयाँ नेतृत्व चयनका लागि गत असोजमा भएको निर्वाचनविरुद्ध परेको निवेदन खारेज भएको छ । विधिसम्मत तरिकाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा निवेदकको माग दाबी नपुग्ने ठहर इजलाशले गरेको छ ।

गत असोज आखिरीदेखि कात्तिक पहिलो सातासम्म काठमाडौंमा आयोजित महाधिवेशनबाट एनआरएनको अध्यक्षमा डा.बद्री केसी निर्वाचित भएका थिए । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघ महाधिवेशन सम्बन्धी जर्मनीको ह्याम्बर्ग बस्ने दीपेश खत्रीले दायर गरेको निषेधाज्ञाको निवेदनमाथि सोमबार भएको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र कृष्णराम कोइरालाको इजलासले रीट खारेज गरिदिएको हो।

निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएपछि सरकारले छानबिन समिति गठन गरेको छ भने परराष्ट्र मन्त्रालयले एनआरएनको नयाँ कार्यसमितिको नवीकरण रोकिरहेको छ । नेतृत्व चयन गर्न विद्युतीय मतदान गरिएकोमा मतदान प्रविधि ह्याक गरेको दाबी गर्दै प्रतिष्पर्धी उम्मेदवारले परिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै अध्यक्षका पराजित उम्मेदवार आरके शर्माले समानान्तर समिति घोषणा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.