भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

भारतमा १२ वर्षीया नेपाली बालिका बलात्कृत

भारतमा १२ वर्षीया नेपाली बालिका बलात्कृत

काठमाडौं । भारतको महाराष्ट्रको थाने जिल्लामा १२ वर्षीया नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले जनाएका छन् । ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति भर्ना गरिएसँग घटनाबारे जानकारी भएको हो । प्रहरीका अनुसार, ती बालिका परिवारका साथमा काम गरेर गुजारा चलाउन नेपालबाट त्यहाँ पुगेकी थिइन् । उक्त परिवार बादलपुर इस्टको कन्स्ट्रक्सन साइटको एउटा कोठामा बस्दै आएको थियो ।

गएको जुनमा एक मानिस ती बालिका कोठामा एक्लै भएको अवस्थामा भित्र गएर बलात्कार गरेको एआईआरलाई उद्धृत गर्दै अधिकारीहरूले बताएका छन् । त्यो मानिसले घटनाबारे कसैलाई भनेमा मारिदिने धम्की दिएको बताइएको छ । आफूमाथि अर्को आक्रमण नहोस् भनेर ती बालिका मौन बसेको जनाइएको छ ।

जुलाई १९ मा उनलाई अस्पतालमा भर्ना गरिएपछि गर्भवती भएको पत्ता लागेको थियो । त्यसपछि बालिकाकी आमा स्थानीय बादलपुर प्रहरी स्टेसनमा गएकी थिइन् । त्यहाँ भारतीय पेनल कोड र प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेज कानुनअन्तर्गत बलात्कार मुद्दा दर्ता गरिएको थियो । घटनाबारे छानबिन भइरहेको जनाइएको छ । पीटीआईबाट ।

 


Thali Mobile Pvt.Ltd.