भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा १२ वर्षीया नेपाली बालिका बलात्कृत

भारतमा १२ वर्षीया नेपाली बालिका बलात्कृत

काठमाडौं । भारतको महाराष्ट्रको थाने जिल्लामा १२ वर्षीया नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले जनाएका छन् । ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति भर्ना गरिएसँग घटनाबारे जानकारी भएको हो । प्रहरीका अनुसार, ती बालिका परिवारका साथमा काम गरेर गुजारा चलाउन नेपालबाट त्यहाँ पुगेकी थिइन् । उक्त परिवार बादलपुर इस्टको कन्स्ट्रक्सन साइटको एउटा कोठामा बस्दै आएको थियो ।

गएको जुनमा एक मानिस ती बालिका कोठामा एक्लै भएको अवस्थामा भित्र गएर बलात्कार गरेको एआईआरलाई उद्धृत गर्दै अधिकारीहरूले बताएका छन् । त्यो मानिसले घटनाबारे कसैलाई भनेमा मारिदिने धम्की दिएको बताइएको छ । आफूमाथि अर्को आक्रमण नहोस् भनेर ती बालिका मौन बसेको जनाइएको छ ।

जुलाई १९ मा उनलाई अस्पतालमा भर्ना गरिएपछि गर्भवती भएको पत्ता लागेको थियो । त्यसपछि बालिकाकी आमा स्थानीय बादलपुर प्रहरी स्टेसनमा गएकी थिइन् । त्यहाँ भारतीय पेनल कोड र प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेज कानुनअन्तर्गत बलात्कार मुद्दा दर्ता गरिएको थियो । घटनाबारे छानबिन भइरहेको जनाइएको छ । पीटीआईबाट ।

 


Thali Mobile Pvt.Ltd.