भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोले गोरखामा एक घर बगायो, ११ घर उच्च जोखिममा

पहिरोले गोरखामा एक घर बगायो, ११ घर उच्च जोखिममा

काठमाडौं । गएरातिको भारी वर्षाले गोरखामा एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ। धार्चे गाउँपालिका – ५ सिङला स्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो। घरमा भएका खाद्यान्न, लत्ताकपडा र केही नगद रकम पहिरोमा पुरिएर लाखौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै पहिरोमा परि लक्ष्मण गुरुङ, खुम बहादुर गुरुङ, इन्द्र बहादुर गुरुङ, मान बहादुर गुरुङ र सुन्दारम गुरुङ लगायत ११ घरमा लेदोसहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। पहिरो परेका ३ जना घाइते भएकाहरूलाई तत्कालै स्थानीयहरूले उद्धार गरिएको होे।

 

 


Thali Mobile Pvt.Ltd.