भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पहिरोले गोरखामा एक घर बगायो, ११ घर उच्च जोखिममा

पहिरोले गोरखामा एक घर बगायो, ११ घर उच्च जोखिममा

काठमाडौं । गएरातिको भारी वर्षाले गोरखामा एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ। धार्चे गाउँपालिका – ५ सिङला स्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो। घरमा भएका खाद्यान्न, लत्ताकपडा र केही नगद रकम पहिरोमा पुरिएर लाखौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै पहिरोमा परि लक्ष्मण गुरुङ, खुम बहादुर गुरुङ, इन्द्र बहादुर गुरुङ, मान बहादुर गुरुङ र सुन्दारम गुरुङ लगायत ११ घरमा लेदोसहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। पहिरो परेका ३ जना घाइते भएकाहरूलाई तत्कालै स्थानीयहरूले उद्धार गरिएको होे।

 

 


Thali Mobile Pvt.Ltd.