भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

राष्ट्रिय सभा निर्वाचन : पुस २० गतेदेखि उम्मेदवारी दर्ता, माघ ११ गते मतदान

राष्ट्रिय सभा निर्वाचन : पुस २० गतेदेखि उम्मेदवारी दर्ता, माघ ११ गते मतदान

काठमाडौं, २० कार्तिक । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ।आयोगका अनुसार आगामी पुस २० गतेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ भने माघ ११ गते मतदान हुने तय भएको छ।

निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कामहरू हुनेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि कार्यतालिका बनाइएको र आवश्यक परे परिवर्तन गर्न सकिने जानकारी दिए।

कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्नेछ। एक साताको समयसीमा भित्र दल दर्ता गरी मङ्सिर दोस्रो साता दर्ता स्वीकृत र निर्वाचन चिह्न वितरण गरिनेछ। त्यसपछि मङ्सिर दोस्रो साताभित्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिने आयोगले जनाएको छ।

यसअघि आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण र अनुमान कार्य कात्तिकभित्रै टुङ्ग्याउने तयारी गरेको छ। मतदाता नामावली भने पुस पहिलो साता सार्वजनिक गरिनेछ। कानुनी व्यवस्थाअनुसार, प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष सम्मिलित निर्वाचकमण्डलले मतदान गर्नेछन्।

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदैछ। तीमध्ये १८ जना निर्वाचित र १ जना राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। कोशीबाट ३, मधेशबाट ४, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २–२ र लुम्बिनीबाट ३ जना सदस्य निर्वाचित हुनेछन्। एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

आयोगको कार्यतालिकाअनुसार पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, दोस्रो साताभित्र निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुनेछ। पुस अन्तिम साता मतपत्र छपाइ लगायतका तयारी कार्य सुरु हुनेछ। माघ पहिलो साता प्रचारप्रसार अवधि रहनेछ भने मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुनेछ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक १२ गतेको निर्णयअनुसार माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भएको हो।
निर्वाचन ऐनअनुसार, पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। यससँगै आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी औपचारिक रूपमा प्रारम्भ गरेको छ।

 


Thali Mobile Pvt.Ltd.