भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

‘श्रमाधान कल सेन्टर’ मा गुनासा बढे, तर धेरैको समस्या समाधान हुन सकेन

‘श्रमाधान कल सेन्टर’ मा गुनासा बढे, तर धेरैको समस्या समाधान हुन सकेन

काठमाण्डौ, १९ कार्तिक । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’ मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम हुने गरेको पाइएको छ । बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१र८२ मा कल सेन्टरमा ९५ हजार ६७ जनाले समस्या टिपाएका ३३ हजार ४ चार सय ३० वटा समस्याको मात्रै समाधान भएको छ । त्यसअनुसार ६१ हजार ६३७ जनाको समस्या समाधान हुन सकेको छैन ।

यस्तै, २०७६र७७ देखि २०८१र८२ सम्म समस्या सुनाउने बढेका देखिए पनि समाधानको अवस्था अझै प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारको गुनासो सुनुवाइ गरी सम्बन्धित निकायबाट यथाशीघ्र सहयोग उपलब्ध गराउने उद्देश्यले २०७५ साल चैतदेखि कल सेन्टर स्थापना एवम् सञ्चालन शुरू गरिएको थियो ।

यस्तै, बोर्डबाट वैदेशिक रोजगारमा रहेका कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालनसमेत सञ्चालनमा छ । यसमा पनि आर्थिक वर्ष २०७९र८० देखि २०८१ र ८२ सम्म आठ हजार ५ सय ७९ सेवाग्राही रहेका छन् । यी सबै समस्याको समाधान भएको तथ्याङ्क छ ।

बोर्डले १८औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको प्रतिवेदनमा कल सेन्टर वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नागरिकको महत्त्वपूर्ण सहयोगी हुने उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशीक रोजगारबारे उठेका समस्या समाधानका लागि मन्त्रालय चनाखो रहेको बताउनुभयो ।

उहाँले कल सेन्टरको प्रभावकारिता बढेको र कतिपय समाधान गर्न नसकिने समस्यासमेत आउने गरेका बताउनुभयो । बोर्डले २०७७ सालदेखि २०८२ सम्म ४५ हजार २४४ जनाले निःशुल्क सीप विकास तालिम प्राप्त गरेको पनि जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.