भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार

रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार

काठमाडौं, १२ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकामध्ये हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ४६९ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १७८ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ । बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । विपद्को समयमा उद्धार तथा खोजी कार्यका लागि देशभर ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।

उद्धार कार्यमा खटिएका प्रहरी कर्मचारीमध्ये २८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उनीहरूको खोजी कार्यसमेत जारी रहेको जनाइएको छ । यसैगरी, बाढी तथा पहिरोका कारण जोखिममा परेका र घाइते भएका १ हजार ५४५ जनाको सफल उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये नुवाकोटबाट ८९८ जना, रसुवाबाट ६४४ जना र धादिङबाट ३ जना रहेका छन् । बाढीमा परी घाइते भएकामध्ये ८४ जनाको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको वा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.