भर्खरै : Sorry, your browser does not support inline SVG.

रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला

रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला

काठमाडौँ, १३ भदाै । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपहिरोमा परी मृत्यु भएकामध्ये ६१६ जनाको शव फेला परेको जनाएको हो ।

प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेका छन् । त्यसपछि पूर्वी नवलपरासीमा १५८ वटा शव फेला परेको छ । त्यस्तै रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र पश्चिम नवलपरासीमा समेत बाढी तथा पहिरोमा परी मृत्यु भएकाहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ ।

बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायका टोली प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.