बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद

बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद

धादिङ, १३ भदाै । बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोडेर रकम निकाल्ने २९ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रवक्ता थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ । बाढीका कारण बैंकको सेफ नदीले बगाएर धादिङमा ल्याएको थियो । सेफ भेटिएपछि त्यसलाई फोडेर रकम निकाल्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

बरामद रकम र पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाको विस्तृत विवरण संकलन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.