भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

रास्वपाको समानुपातिक उम्मेदवार छनोटका लागि दोर्जे तामाङको अपिल

रास्वपाको समानुपातिक उम्मेदवार छनोटका लागि दोर्जे तामाङको अपिल

भक्तपुर, ९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दोर्जे तामाङले संघीय निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा आदिवासी–जनजाति क्लस्टरबाट उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले सिन्धुपालचोक निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारीकाे घाेषणा गरेका हुन । 

२०८२ साल फागुन २१ गते हुन गइरहेको संघीय निर्वाचनका लागि पार्टीभित्र उम्मेदवार छनोटका विभिन्न परीक्षण चरणहरू पार गर्नुपर्ने व्यवस्था रहेको छ। सोही प्रक्रियाअन्तर्गत रास्वपाले प्रारम्भिक निर्वाचन प्रणाली सञ्चालन गर्न लागेको छ।

प्रारम्भिक निर्वाचन २०८२ साल पुस १२ गते बिहान ७ बजेदेखि पुस १३ गते बेलुका ७ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। उक्त निर्वाचनमा पार्टीका सदस्य तथा समर्थकहरूले भोटमार्फत उम्मेदवार छनोटमा सहभागिता जनाउनेछन्।

उम्मेदवार दोर्जे तामाङले प्रारम्भिक निर्वाचनमा आफूलाई मत दिई सहयोग गर्न पार्टीका सम्पूर्ण सदस्य तथा समर्थकहरूलाई हार्दिक अपिल समेत गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र डिजिटल शासन जस्ता क्षेत्रमा दीर्घकालीन सुधार गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताए । 

तामाङले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र परिणाममुखी नेतृत्वका लागि आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत योग्य र सक्षम प्रतिनिधि छनोट हुने उनको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.