भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

दीर्घकालीन असर पर्ने निर्णय नगर्न रेडक्रसको मातहत निकायलाई निर्देशन

दीर्घकालीन असर पर्ने निर्णय नगर्न रेडक्रसको मातहत निकायलाई निर्देशन

काठमाडौँ, १० पुष । नेपाल रेडक्रस सोसाइटीले विधान महाधिवेशन सम्पन्न नहुँदासम्म दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ।

सोसाइटीको केन्द्रीय तदर्थ समितिले संस्थाको नियमित तथा अत्यावश्यक सेवा सञ्चालनबाहेक दीर्घकालीन प्रभाव पार्ने निर्णय तथा गतिविधि नगर्न आग्रह गरेको हो।

यसअनुसार नयाँ सामान खरिद, निर्माण कार्य, स्थायी कर्मचारी नियुक्ति, सरुवा, बढुवा लगायतका निर्णय तत्कालका लागि रोक्न अनुरोध गरिएको छ। निर्देशन नेपाल रेडक्रस सोसाइटीका सबै प्रदेश कार्यालय, जिल्ला शाखा, आँखा अस्पताल तथा विभागहरूलाई लागू हुने जनाइएको छ।

समितिले विधान महाधिवेशन नहुञ्जेल संस्थागत स्थायित्व र पारदर्शिता कायम राख्न यस्तो निर्णय लिएको जनाएको छ। गत पुस ३ गते बसेको केन्द्रीय तदर्थ समितिको बैठकले रेडक्रस सोसाइटीको विधानमा अठारौँ संशोधनका लागि यही पुस २५ गते विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ।

 


Thali Mobile Pvt.Ltd.