भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

उपनिर्वाचनबाटै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरियोस् : रास्वपा

उपनिर्वाचनबाटै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरियोस् : रास्वपा

काठमाडौं,  १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचनबाटै विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ । निर्वाचन आयोगद्वारा आयोजित सर्वदलीय छलफलमा रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले प्रवासी नेपालीहरूका लागि मतदान प्रणाली सुरु गर्न आग्रह गरेका हुन् ।

उनी भन्छन्, “निर्वाचन हुन अझै तीन महिना बाँकी छ। यो समय एक निर्वाचन क्षेत्रका लागि आवश्यक कानुनी र प्राविधिक प्रणाली तयार पारेर पाइलट प्रोजेक्टका रूपमा विदेशबाट मतदान सुरु गर्न पर्याप्त हो ।” रुपन्देही–३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनलाई अवसरका रूपमा प्रयोग गर्न सकिने भन्दै उनले नोट त चल्ने तर मत नचल्ने विडम्बना अन्त्य गर्न निर्वाचन आयोगलाई आह्वान गरे ।

“एउटा निर्वाचन क्षेत्रमै व्यवस्था गर्न सकिन्न भने आयोगले प्रस्ट भन्नुपर्छ ,  हामीले २०८९ सालसम्म पनि विदेशबाट मतदानको अधिकार दिने छैनौं,” आचार्यले चुनौतीपूर्ण रूपमा भने ।

 


Thali Mobile Pvt.Ltd.