भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल–चीन सीमा बैठक: निर्यातलाई प्राथमिकता र तातोपानी नाका व्यवस्थापनमा जोड

नेपाल–चीन सीमा बैठक: निर्यातलाई प्राथमिकता र तातोपानी नाका व्यवस्थापनमा जोड

काठमाडाैं,  १७ साउन ।  नेपाल–चीन सीमा सुरक्षासम्बन्धी बैठक चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा सम्पन्न भएको छ । बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरूले सीमा सुरक्षा, विपद् व्यवस्थापन, व्यापार प्रवर्द्धन, तिर्थयात्रा र नाका सञ्चालनसम्बन्धी विषयमा विस्तृत छलफल गरेका छन् ।

नेपालले विशेषगरी चीनतर्फको निर्यातमा प्राथमिकता दिनु पर्ने माग उठाएको छ । २०७८ वैशाख १८ गतेदेखि तातोपानी नाका आंशिक रूपमा खुलेपनि निर्यात सहज नहुनाले नेपाली व्यापारीहरू मर्कामा परेका छन् ।बैठकमा मानसरोवर जाने तिर्थयात्रुहरूका लागि साझा बस सेवा पुनः सुरु गर्ने प्रस्ताव, अनलाइन भिसा प्रणालीको कार्यान्वयन र हिमनदीसम्बन्धी सूचना आदान–प्रदानमा सहकार्यको सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरीका अधिकारीहरू लगायतको नेपाली टोली सहभागी रहेको बैठकमा चिनियाँ पक्षले रसुवाको बाढीबाट प्रभावित २०५ जनाको उद्धारप्रति चासो देखाउँदै थप सहयोगको प्रतिबद्धता जनाएको थियो । नेपालले तातोपानी नाकालाई पुनः व्यवस्थित र सञ्चालनमैत्री बनाउने आग्रह गर्दै, विशेष गरी चाडपर्वको सन्दर्भमा कन्टेनर संख्या बढाउन पनि माग राखेको छ। अरनिको राजमार्गको २६ किमी सडक भाग क्षतिग्रस्त भएकोले केरुङ नाका तत्काल सञ्चालनमा ल्याउन कठिन हुने प्रष्ट पारिएको छ ।

सुरक्षा, पर्यटन, तथा व्यापार क्षेत्रका विषयमा दुई देशबीच विश्वासको वातावरण बनाउने सहमति जनाइएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.