भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

रौतहटको राजपुरमा झडप हुदाँ १९ सुरक्षाकर्मी घाइते

रौतहटको राजपुरमा झडप हुदाँ १९ सुरक्षाकर्मी घाइते

काठमाडौं । रौतहटमा मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार सहित उपस्थित भएका थिए ।

दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।

दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ ।

ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.