भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नवनियुक्त प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीको बधाई

नवनियुक्त प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन्। पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.