भर्खरै : Sorry, your browser does not support inline SVG.
मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह | बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार |

रौतहटमा ट्रान्सफर्मर चोरी, राङ्गी गाउँका सयौँ परिवार खानेपानीबाट वञ्चित

रौतहटमा ट्रान्सफर्मर चोरी, राङ्गी गाउँका सयौँ परिवार खानेपानीबाट वञ्चित

रौतहट, ५ असार । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी गाउँको खानेपानी योजनामा जडान गरिएको विद्युत् ट्रान्सफर्मर चोरी भएपछि गाउँका सयौँ परिवार खानेपानी सेवाबाट वञ्चित भएका छन्।

स्थानीयवासीका अनुसार अज्ञात चोर समूहले ५० केभी क्षमताको ट्रान्सफर्मर विद्युत् लाइन काटेर चोरी गरेका हुन्। ट्रान्सफर्मरको भित्री भागमा रहेको महँगो तामाको तार निकालेर चोरिएको बताइएको छ।

खानेपानी आयोजनाको ट्रान्सफर्मर गाउँ बाहिर जडान गरिएको थियो। चोरीबारे बुधबार बिहान थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। चोरीपछि गाउँको खानेपानी आपूर्ति पूर्ण रूपमा बन्द भएको छ। गर्मी मौसमको बेला पानीको अभावले स्थानीयलाई गम्भीर समस्या परेको छ। करिब १०० भन्दा बढी परिवार अहिले पानीको चरम अभाव झेलिरहेका छन्।

घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएकाे छ । यो भन्दा पहिले पनि केही वर्षअघि यस्तै गरी राङ्गी गाउँमै ट्रान्सफर्मर चोरी भएको थियो। हालको घटनाले सुरक्षा प्रणाली र खानेपानी आयोजनाको संरचना सुरक्षाबारे पुनः प्रश्न उठाएको छ। स्थानीयवासीले चाडै ट्रान्सफर्मर प्रतिस्थापन गरी पानी आपूर्ति पुनः सुरु गर्न माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.