भर्खरै : Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह |

ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत, इजरायललाई सहयोग गर्ने कि प्रत्यक्ष संलग्न हुने

ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत, इजरायललाई सहयोग गर्ने कि प्रत्यक्ष संलग्न हुने

एजेन्सी, ५असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन्। बीबीसीको साझेदार सीबीएस न्यूजले अमेरिकी गुप्तचर र रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै जनाएको ट्रम्पले हमलाको योजना  स्वीकृत गरिसके पनि अमेरिकाले प्रत्यक्ष संलग्न हुने कि इजरायललाई मात्र सहयोग गर्ने भन्ने विषयमा भने अझै निर्णय लिइसकेको छैन।

सीबीएस न्यूजका अनुसार, ट्रम्पले इरानको आणविक कार्यक्रम अन्त्य गराउने विषयमा सम्भावित कूटनीतिक अवसरका लागि हमलाको निर्णय तत्कालै नगरेको उल्लेख गरिएको छ। यसअघि वाल स्ट्रिट जर्नलले यस्तै रिपोर्ट प्रकाशन गरेको थियो, तर ह्वाइट हाउसले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन।

ट्रम्पले हिजो पत्रकारहरूसँग कुराकानी गर्दै “युद्धमा अवस्था लगातार परिवर्तन भइरहन्छ, अन्तिम निर्णय अन्तिम क्षणमै लिने गर्छु” भनेका थिए। इरानले भने अमेरिकी दबाबमा वार्ता नगर्ने बताउँदै सम्भावित आक्रमणको प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ। अमेरिकी गुप्तचर अधिकारीहरूले इरानले अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर आक्रमणको तयारी गरिरहेको बताएका छन्।

यसबाहेक, इजरायलले गत शुक्रबारदेखि इरानी सैन्य तथा आणविक संरचनामाथि हमला गरिरहेको छ, जसमा अमेरिका हालसम्म प्रत्यक्ष सहभागी भइसकेको छैन। यद्यपि, ट्रम्पले सामाजिक सञ्जाल “ट्रुथ सोसल” मार्फत भनेका छन्, “हामीलाई इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको ठेगाना थाहा छ, तर अहिले नै हत्या गर्ने योजना छैन।”

उनको यो अभिव्यक्तिपछि इरानी सर्वोच्च नेता खामेनीले तीव्र प्रतिक्रियासहित अमेरिकालाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.