भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाईंदै

७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाईंदै

काठमाण्डौ । व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको छ । शनिबारदेखि व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना सप्ताह सुरु भएको हो ।

व्यक्तिका व्यक्तिगत घटनाहरु तोकिएको समय अर्थात घटना भएको ३५ दिनभित्र अनिवार्य रुपमा दर्ता गराउनुपर्छ भन्ने सन्देश आम नागरिकमा पुर्‍याउन सप्ताह मनाउन थालिएको हो । सरकारले सन् २०२४ को अन्त्य सम्ममा जन्म, मृत्यु, विवाह, बसाइँ सराइ, तथा सम्बन्ध विच्छेद लगायतका सबैखाले व्यक्तिगत घटना दर्ता गराउने लक्ष्य राखेकाले सबैलाई सबैखालका घटना दर्ता समयमै गराउन विभागले आग्रह गरेको छ ।

सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाईमा आजदेखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाईंदैछ ।

 


Thali Mobile Pvt.Ltd.