भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा प्रस्तुत

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा प्रस्तुत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रियसभामा प्रस्तुत गरेकी छन् । विधेयकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री शर्माले जवाफ दिएकी थिइन् ।

यसपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

सोही बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गरेको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गरे । राष्ट्रियसभाको अर्को बैठक भोली दिउँसो सवा १२ बजे बस्नेछ ।

 

 


Thali Mobile Pvt.Ltd.