भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पहिरोले संखुवासभामा एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिए

पहिरोले संखुवासभामा एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिए

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिएका छन्। बाढी र पहिरोका कारण भोटखोला–४ स्थित सेम्बुङ गाउँमा एउटा घर पुरिएको छ। बाढी पहिरोले भोटखोला–४ सेम्बुङका रिदर ज्याबु भोटे पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। पहिरोबाट विस्थापित भोटे अहिले छिमेकीको शरणमा रहेका छन्।

बाढी पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडीसमेत क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष भोटेले बताए।

पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरणमा क्षति हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष भोटेले बताए।
भोटखोला–४ मा निर्माणाधीन ५ शय्याको अस्पताल पुरिएको उनको भनाइ छ। भोटखोला–४ छोङराङमा ग्रामीण विद्युत कम्पनिको सामग्रीसमेत बगाएको छ।

बाढी पहिरोले भोटखोलाका विभिन्न गाउँमा क्षति पुर्‍याएको छ। बाढी पहिरोले के कति क्षति भएको छ भन्ने एकिन विवरण आइसकेको छैन।

 


Thali Mobile Pvt.Ltd.