भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोले संखुवासभामा एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिए

पहिरोले संखुवासभामा एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिए

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिएका छन्। बाढी र पहिरोका कारण भोटखोला–४ स्थित सेम्बुङ गाउँमा एउटा घर पुरिएको छ। बाढी पहिरोले भोटखोला–४ सेम्बुङका रिदर ज्याबु भोटे पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। पहिरोबाट विस्थापित भोटे अहिले छिमेकीको शरणमा रहेका छन्।

बाढी पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडीसमेत क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष भोटेले बताए।

पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरणमा क्षति हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष भोटेले बताए।
भोटखोला–४ मा निर्माणाधीन ५ शय्याको अस्पताल पुरिएको उनको भनाइ छ। भोटखोला–४ छोङराङमा ग्रामीण विद्युत कम्पनिको सामग्रीसमेत बगाएको छ।

बाढी पहिरोले भोटखोलाका विभिन्न गाउँमा क्षति पुर्‍याएको छ। बाढी पहिरोले के कति क्षति भएको छ भन्ने एकिन विवरण आइसकेको छैन।

 


Thali Mobile Pvt.Ltd.