भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अस्थायी पासको व्यवस्था गर्न व्यवसायीद्वारा सरकारसँग माग

अस्थायी पासको व्यवस्था गर्न व्यवसायीद्वारा सरकारसँग माग

काठमाडौं । अस्थायी पासको व्यवस्था गर्न व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई
नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो ।

मंगलबार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन । महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरु मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताउनुभयो ।

उहाँले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरु आफै जान नपाउँदा व्यवसायीहरु समस्यामा रहेको बताउनुभयो । महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रुपमा नेपाल भित्र नभिने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरुको अर्बौं रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो ।

महासंघले व्यवसायीहरुलाई सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । अध्यक्ष कार्कीले चीनबाट आयात हुने सामानहरु नाकामा फुट्ने,लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरु नाका पारी जान नपाउने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.