भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा

इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा

एजेन्सी । युद्धविराम सम्बन्धी प्रस्तावमाथि हमासले जवाफ फर्काएको छ । गाजापट्टीमा नयाँ युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको पहलमा तयार पारिएको प्रस्तावलाई लिएर हमासले जवाफ फर्काएको हो ।

इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । हाल मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे इजरायली अधिकारीहरूसँग छलफल गर्ने बताएका छन् ।

यो प्रस्ताव हमासलाई करिब एक हप्ता अघि पठाइए पनि हमासले मंगलवार मात्रै यसको जवाफ दिएको हो । हमासको जवाफ सकारात्मक भएको बताइएपनि त्यसको विषय वस्तुमाथि केही खुलाइएको छैन । इजरायल, अमेरिका, कतार र इजिप्टले तयार पारेको सम्झौताको विवरण सार्वजनिक हुन बाँकी छ ।

अपुष्ट समाचार अनुसार यसपटक ६ हप्ताका लागि युद्धविराको प्रस्ताव गरिएको छ । युद्धविरामको समयमा दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदीबन्दीहरु साटासाट गर्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.