भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जंगली जनावरका कारण छिल्लीकोटका बासिन्दाले गाउँ छाडे

जंगली जनावरका कारण छिल्लीकोटका बासिन्दाले गाउँ छाडे

दाङ । जंगली जनावरका कारण दाङका स्थानीय आजित भएका छन्। बबई गाउँपालिका १ र ७ वडा, दंगीशरण–१ फुर्केसल्लीका बासिन्दा आजित भएका हुन ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण समस्यामा परेका हुन्। एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौयाया पनि मार्ने गरेको स्थानीयवासीको गुनासो छ।

बबई–७ मलइ, लामितरा, स्यालीतरा, असारे र जलजला लगायतका बासिन्दालाई खेतबारीको अन्नबाली र घरपालुवा जनावर जोगाउन गाह्रो भएको हो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण निकै समस्या पाइरहेका छन्।

एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौपाया पनि मार्ने गरेको स्थानीयको गुनासो छ । जंगली जनावरका कारण छिल्लीकोटका बासिन्दाले गाउँ छाडेका छन्।

 


Thali Mobile Pvt.Ltd.