भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

८४ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन

८४ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन

कैलाली । ९ महिनामा १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवको ९ महिनामा उक्त राजश्व संकलन गरेको हो ।

कार्यालयको चालु आवका ९ महिनामा २ अर्ब १० करोड ९६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन भएको जनाएको छ।

आयकरबाट १ अर्ब १ करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट १० करोड ५६ लाख, ब्याजवापत ३ करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट १ लाख राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीले जनाएको छ ।

कार्यालयको आव ०७९ र ८० मा ३ अर्ब ३६ करोड रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा ३ अर्ब ८ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा ९ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.