भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा ६ जना मन्त्रीले लिए शपथ

कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा ६ जना मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ गराएका हुन ।

एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन्।
मुख्यमन्त्री कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलवार माओवादी र एमालेका ३ र ३ जना मन्त्री नियुक्त गरेका हुन्।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका हुन्।

मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राखेका छन्।

 


Thali Mobile Pvt.Ltd.