कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा ६ जना मन्त्रीले लिए शपथ

कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा ६ जना मन्त्रीले लिए शपथ image

सुर्खेत । कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ गराएका हुन ।

एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन्।
मुख्यमन्त्री कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलवार माओवादी र एमालेका ३ र ३ जना मन्त्री नियुक्त गरेका हुन्।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका हुन्।

मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राखेका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गर्मीमा छालाको सुरक्षा कसरी गर्ने? image

    गर्मीमा छालाको सुरक्षा कसरी गर्ने?

    भक्तपुर। गर्मीको सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । घामको किरणले छालालाई केहि असर नगरोस् भन्नका लागि तपाईंले पनि यसको हेरचाह र स्याहार सुसारमा निकै...

  • नरभक्षी बाघ मर्‍यो image

    नरभक्षी बाघ मर्‍यो

    चितवन । मकवानपुरको मनहरिमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो...

  • प्रचण्डलाई माधव नेपालको विश्वासको मत image

    प्रचण्डलाई माधव नेपालको विश्वासको मत

    काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय image

    गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको...


hotelghyampedanda