भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको समीक्षा बैठक

घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको समीक्षा बैठक

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको फागुन महिनाको मासिक समीक्षा बैठक मंगलबार बस्यो । बैठकमा प्रमुख प्रजापतिले जनताको घरघरमा गई सहज र सुलभ रूपमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउँदै नर्सहरुलाई आफ्नो क्षमता अभिवृद्धि गर्नेतर्फ जोड दिन प्रेरित गर्नुभयो ।

भक्तपुर नपाले २०८१ चैत्रमा पाठेघर र नाक, कान, घाँटीको स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा सीटि स्क्यान मेसिन राख्ने प्रक्रिया अगाडि बढिसकेको धारणा राख्नुभयो ।

भक्तपुर नगरपालिकाको घरदैलो नर्सिङ सेवाअन्तर्गत बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सेवाको शुभारम्भ भएको बताउँदै उहाँले घरदैलो नर्सिङ र विद्यालय नर्स सेवालाई योजनाबद्ध ढंगले अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो ।

बैठकमा १० वटै वडाका नर्सहरूले वडावासीहरूको स्वास्थ्य अवस्था तथ्यांकगत रूपमा प्रस्तुतीकरण दिएका थिए । सोही क्रममा विद्यालय नर्सका नर्सहरूले पनि आफू कार्यरत विद्यालयमा भएको स्वास्थ्य परीक्षण र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.