टर्कीमा आगलागीबाट ५९ जनाको मृत्यु, एक सयभन्दा बढीलाई अस्पताल भर्ना

टर्कीमा आगलागीबाट ५९ जनाको मृत्यु, एक सयभन्दा बढीलाई अस्पताल भर्ना

एजेन्सी । टर्कीमा आगलागीबाट मृत्यु हुनेको संख्या ५९ जनाको पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले उत्तरी म्यासेडोनियामा नाइट क्लव आगलागीबाट ५९ जनाको मृत्यु भएको जनाएको हो ।

घाइतेमध्ये तीन जनालाई इस्तानबुलको बासाकसेहिर क्याम र साकुरा सिटी अस्पतालको बर्न युनिटमा स्थानान्तरण गरिएको छ भने बाँकी ६ जनालाई उपचारको लागि राजधानी अंकाराको अंकारा बिल्केन्ट सिटी अस्पतालमा लगिएको छ।

मेमिसोग्लुले बाल्कन देशहरूलाई सहयोग गर्ने टर्किएको प्रतिबद्धतालाई पुष्टि गर्दै आवश्यक परेमा थप बिरामीहरूलाई उपचारको लागि स्थानान्तरण गरिने बताए।
आगलागीबाट घाइते भएका नौ जनालाई उपचारको लागि टर्किए पठाइएको छ ।

उत्तरी म्यासेडोनियाको कोकानीमा रहेको नाइटक्लवमा भएको विनाशकारी आगलागीपछि कम्तिमा ५९ जनाको मृत्यु भएको र एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.