भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

ऋतम्भरामा नेसनल प्याव्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न, ईडेन गार्डेन स्कुल विजेता

ऋतम्भरामा नेसनल प्याव्सन भक्तपुरको एकल गायन प्रतियोगिता सम्पन्न, ईडेन गार्डेन स्कुल विजेता

भक्तपुर, १७ कार्तिक । नेसनल प्याव्सन भक्तपुरको वार्षिक कार्यक्रमअन्तर्गत ऋतम्भरा पाठशाला स्कुलले आयोजना गरेको एकल गायन प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा ईडेन गार्डेन स्कुलका विद्यार्थीहरूले दुबै तहमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् ।

माध्यमिक तहतर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, मदरल्याण्ड स्कुलकी ईशिका खड्का दोस्रो, संस्कार गुरूकूलकी विदूशी ढकाल तेस्रो र विमल मेमोरियल विद्यापीठकी अणु वादी सान्त्वना स्थानमा रहिन् । त्यस्तै आधारभूत तहतर्फ ईडेन गार्डेन स्कुलकै श्रीया न्यौपाने प्रथम, जागृति विद्या सदनकी यूनिशा लामा दोस्रो, क्वालिटी स्कुलकी प्रियान्सू खड्का तेस्रो र सेन्ट जोन स्कुलकी अनिशा धमला सान्त्वना स्थानमा घोषित भए ।

कार्यक्रमकी सभापति तथा ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले नेसनल प्याव्सनको जिम्मा पाई यस कार्यक्रम आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै सबै सहभागीलाई धन्यवाद दिइन् । विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका–२ का अध्यक्ष सोम प्रसाद प्रधानले नगरको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नगरपालिका सक्रिय रहेको उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरका यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा विकासमा ठूलो योगदान पुर्‍याएको बताए ।

त्यसैगरी नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएकोमा ऋतम्भरा पाठशालालाई धन्यवाद दिंदै विजेता विद्यार्थीहरूलाई बधाई दिए ।कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो कार्यक्रमका संयोजक तथा ऋतम्भरा पाठशालाका सह–प्रिन्सिपल अनिश केसीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.