भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

एसईई २०८३ का लागि आवेदन खुला, मङ्सिर २४ भित्र फारम भर्न सकिने

एसईई २०८३ का लागि आवेदन खुला, मङ्सिर २४ भित्र फारम भर्न सकिने

काठमाण्डौ, १९ कार्तिक। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ।

बोर्डले आज सार्वजनिक गरेको सूचनाअनुसार, नियमित परीक्षामा समावेश हुनका लागि विद्यार्थीहरूले मङ्सिर २४ गतेभित्र रजिष्ट्रेशन फारम भर्न सक्नेछन्। शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा अध्ययनरत साधारण, परम्परागत (संस्कृत, वेद, विद्याश्रम, गुरुकुल, मदरसा, गोन्पा) र प्राविधिक धारका विद्यार्थीका लागि फारम खुला गरिएको हो।

बोर्डले सबै विद्यार्थी, विद्यालय, पालिकाका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा विकास निर्देशनालयलाई फारम भर्ने र भराउने कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएको छ।

बोर्डका अनुसार, एसईई २०८३ मा समावेश हुनका लागि फारम अनिवार्य रूपमा भरिनुपर्नेछ। यो फारम नभर्ने विद्यार्थीहरू परीक्षामा सहभागी हुन नपाउने चेतावनी दिइएको छ। त्यस्तै, परीक्षामा सहभागी हुनका लागि विद्यार्थीको उमेर २०८३ चैत मसान्तसम्म १४ वर्ष पूरा भएको हुनुपर्नेछ।

 


Thali Mobile Pvt.Ltd.