भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्त्री आरजु राणा आज भारत जाँदै

मन्त्री आरजु राणा आज भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा भारतको पाँचदिने भ्रमणमा आज दिल्ली प्रस्थान गर्दै छिन् । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा उनी बिहान ११ः३० बजे भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

औपचारिक भ्रमणमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ । दुई देशबिचको सम्बन्ध विस्तारसँगै उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने गरी यस भ्रमणमा परराष्ट्रमन्त्री राणाले पहल गर्ने छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमण गराउन पनि उनले पहल गर्ने जनाइएको छ । विकास साझेदारी तथा भाबी सहकार्यका कार्यसूचीमाथि विदेशमन्त्री जयशङ्करलगायतका उच्चाधिकारीसँग छलफल गर्ने जनाइएको छ।

राणाले भोलि समकक्षी जयशंकरसँग भेट गर्ने छन् । मन्त्री राणासहित तीन सदस्यीय टोली भदौं ६ गते स्वदेश फर्किने तालिका छ।

 


Thali Mobile Pvt.Ltd.