भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बीपी राजमार्ग, कान्ति लोकपथ र जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

बीपी राजमार्ग, कान्ति लोकपथ र जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाण्डौ । गत असोज १२ को बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आइसेका छन् भने यता बीपी राजमार्ग र कान्ति लोकपथ अझै खुलेको छैन । हिजोदेखि बझाङको जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । छबिसपाथिभेराको बालुबाटारमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि पूर्ण रुपमा अवरुद्ध छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि– काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।

काठमाण्डौको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ ।

बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । त्यसकारण त्यहाँ तत्काल यातायात सञ्चालन गर्न नसकिने सडक विभागले जनाएको छ । बाढीले बगाएको बाटो बनाउन नसक्दा पूर्व जाने यात्रुले वैकल्पिक बाटो खोज्न थालेका छन् । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाण्डौ–हेटौँडा जोड्ने सडक बनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.