भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कराँची विमानस्थल नजिक शक्तिशाली विष्फोट, तीनको मृत्यु

कराँची विमानस्थल नजिक शक्तिशाली विष्फोट, तीनको मृत्यु

एजेन्सी । पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीन जनाको मृत्यु भएको छ। पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजका अनुसार विस्फोटमा अन्य १७ जना घाइते भएका छन्। यता चिनियाँ दूतावासका अनुसार चीनका दुई नागरिकको ज्यान गएको जनाएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजले भने तीन जनाको मृत्यु भएको उल्लेख गरेको छ। यद्यपि उसले कुन देशका नागरिक हुन भन्ने खुलाएको छैन्। विस्फोट के कारणले भएको हो भन्ने विषय अहिलेसम्म स्पष्ट नभएको जियो न्यूजले उल्लेख गरेको छ। विस्फोट आसपासका क्षेत्रमा समेत सुनिएको बताइएको छ। घटना हुना साथ आपतकालीन कार्यमा खटिने उद्धारकर्ताहरुले घाइतेलाई आगलागी भएको स्थानबाट निकालेको र नजिकैको जिन्नाह अस्पतालमा उपचारका लागि भर्ना गराएको बताइएको छ। 

सिंध प्रान्तका गृहमन्त्री जीया उल हसनले समेत उक्त विस्फोट विदेशी नागरिक लक्षित भएको बताएका छन्। बीएलएले चिनियाँ नागरिक लक्षित आक्रमण गरेको जनाएको छ। पृथकतावादी उग्रवादी समूह बलोच लिबरेशन आर्मी–बीएलएले इन्जिनियरहरूसहित चिनियाँ नागरिकहरूलाई लक्षित गरी विस्फोट गराएको इमेलमार्फत् पत्रकारहरूलाई जानकारी गराइएको छ।

बीएलएले पाकिस्तानको दक्षिणपश्चिममा रहेको अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको स्वतन्त्रताका लागि लडिरहेको छ। गत अगस्टदेखि बीएलएले प्रान्तमा आक्रमणहरू शुरू गरेको थियो। जसमा अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ। अरब सागरमा रहेको ग्वादरको रणनीतिक बन्दरगाहलाई बेइजिङले इस्लामाबादलाई प्रान्तको शोषण गर्न मद्दत गरेको आरोपमा बीएलएले चिनियाँलक्षित आक्रमण गरेको गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.