भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

स्थिति नियन्त्रणमा आएपछि रुपन्देहीमा निषेधाज्ञा हटाइयो

स्थिति नियन्त्रणमा आएपछि रुपन्देहीमा निषेधाज्ञा हटाइयो

बुटवल, २७ भाद्र । रुपन्देहीमा केही दिनअघि प्रशासनले लगाएको निषेधाज्ञा र कर्फ्यू आदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा र कर्फ्यू हटाइएपछि बजार, यातायात, विद्यालय तथा अन्य सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार पछिल्ला दिनमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै कडाइ गरिएको थियो ।

तर, अहिले अवस्था नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले निषेधाज्ञा हटाइएको हो । उनले आवश्यकता परेमा परिस्थिति अनुसार पुनः कडाइ गर्न सकिने पनि बताए ।

 


Thali Mobile Pvt.Ltd.