भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जेनजीको आन्दोलनपछि खाली भएका प्रहरी वृत्तमा काम सुरु

जेनजीको आन्दोलनपछि खाली भएका प्रहरी वृत्तमा काम सुरु

मुख्य बुँदा 

जेनजीको आन्दोलनपछि खाली भएका प्रहरी वृत्तमा काम सुरु

सम्पर्क विच्छेद भएका प्रहरी कर्मचारीहरू फिर्ता आएपछि सेवा सञ्चालन

कार्यालय सरसफाइमा प्रहरीहरू केन्द्रित

काठमाण्डौ उपत्यकाका १७ प्रहरी वृत्त डीएसपीको नेतृत्वमा

स्थानीय बासिन्दाले प्रहरीलाई स्वागत गर्दै सरसफाइमा सहयोग

काठमाडौँ, २७ भाद्र । जेनजीको आन्दोलनपछि खाली भएका काठमाडौँ उपत्यकाभित्रका प्रहरी वृत्तमा काम पुनः सुरु भएको छ। सम्पर्क विच्छेद भएका सबै प्रहरी कर्मचारीहरू फिर्ता आएलगत्तै वृत्तबाट सेवा सञ्चालन भएको नेपाल प्रहरीले जनाएको छ।

फर्किएका प्रहरीहरू अहिले मुख्य रूपमा कार्यालय सरसफाइमा केन्द्रित रहेका छन्। काठमाडौँ उपत्यकाका तीन जिल्ला, १७ प्रहरी वृत्त डीएसपीको नेतृत्वमा काम गर्दै आएका छन्। आन्दोलनका क्रममा उपत्यकाभित्रका प्रहरी वृत्तमा आगजनी र तोडफोड भएको थियो।

सबै सुरक्षाकर्मीहरू सम्पर्कमा आएलगत्तै काममा खटिएका छन्। ललितपुरको भैँसेपाटीका स्थानीय बासिन्दाले तोडफोडमा परेको चौकी सफा गरी प्रहरीलाई बस्न आमन्त्रण गरेका थिए। स्थानीयले प्रहरीलाई फूलमाला लगाएर स्वागतसमेत गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.