भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

बिहे गरेर अमेरिका पठाउने भन्दै ठगी गर्ने दम्पती पक्राउ

बिहे गरेर अमेरिका पठाउने भन्दै ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं, ४ जेठ । बिहे गरेर अमेरिका लैजाने प्रलोभन देखाई ठगी गर्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा भएको घटनामा १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको खुलेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोका अनुसार टिकटकमा ‘प्रिन्स तामाङ’ नामको आइडी प्रयोग गरी आफू अमेरिकामा रहेको र नेपाली बोल्न नसक्ने भन्दै पीडितसँग सम्पर्क गरिएको थियो। पछि विवाह गरेर अमेरिका लैजाने आश्वासन दिँदै निरन्तर सम्पर्कमा राखेर रकम ठगी गरिएको अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार आरोपितले आफ्नो बहिनी भन्दै सरगम तामाङ नामको ह्वाट्सएप अकाउन्टमार्फत पनि पीडितसँग कुराकानी गराउँदै विश्वास जित्ने प्रयास गरेका थिए।

अनुसन्धानका क्रममा उक्त ठगीमा सञ्जीव नेपाली र उनकी श्रीमती सरिता पराजुली (अनुष्का नामले परिचित) संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। उनीहरू स्याङ्जा घर भई हाल काठमाडौँको माछापोखरी क्षेत्रमा बसोबास गर्दै आएको खुलेको छ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार उनीहरूले विभिन्न डिजिटल माध्यम प्रयोग गरी पटक–पटक रकम असुली गरेको पाइएको छ। पक्राउ परेकामाथि विद्युतीय माध्यम सम्बन्धी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस्ता सामाजिक सञ्जालमार्फत हुने प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.