भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कक्षा १२ को नतिजा सार्वजनिक, परीक्षा सम्पन्न भएको ३५ दिनमै बोर्डद्वारा प्रकाशन

कक्षा १२ को नतिजा सार्वजनिक, परीक्षा सम्पन्न भएको ३५ दिनमै बोर्डद्वारा प्रकाशन

काठमाडौं, ५ जेठ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनमै बोर्डले नतिजा प्रकाशन गरेको हो।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।

तीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा २९० जना अन्य समूहका परीक्षार्थी सहभागी भएका थिए।

यस वर्ष देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको थियो। सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६१ वटा रहेका थिए भने मनाङ र मुस्ताङमा एक–एक वटा मात्र परीक्षा केन्द्र सञ्चालन गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई आधिकारिक माध्यमबाट आफ्नो नतिजा हेर्न र आवश्यक परे पुनर्योग वा अन्य प्रक्रियाबारे बोर्डको सूचनाअनुसार अघि बढ्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.