भर्खरै : Sorry, your browser does not support inline SVG.
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट |

ट्रम्पद्वारा इरानसँग १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर

ट्रम्पद्वारा इरानसँग १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर

एजेन्सी, ४ जेठ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउसले जनाएको उक्त सम्झौता तत्काल लागू भएको बीबीसीले उल्लेख गरेको छ।

यद्यपि राष्ट्रपति ट्रम्पले यसलाई अन्तिम सहमति नभएको भन्दै यसको कार्यान्वयन अवस्थालाई नजिकबाट निगरानी गरिने बताएका छन्।

अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको १४ बुँदे सम्झौताअनुसार इरानले कुनै पनि अवस्थामा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै, युद्धबाट प्रभावित इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय पनि सम्झौतामा समेटिएको छ। सो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान गर्नुपर्ने बाध्यता भने नरहेको जनाइएको छ।

सम्झौतामा लेबनानसहित सबै मोर्चामा जारी सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति उल्लेख छ। यसलाई मध्यपूर्वमा तनाव कम गर्ने र क्षेत्रीय स्थायित्व कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

सम्झौताअनुसार दुवै पक्षले ६० दिनभित्र अन्तिम तथा विस्तृत समझदारीका लागि वार्ता जारी राख्ने सहमति गरेका छन्। आवश्यक परे आपसी सहमतिमा समयसीमा थप गर्न सकिने व्यवस्था पनि रहेको छ।

तर राष्ट्रपति ट्रम्पले सम्झौता कार्यान्वयनमा इरानले प्रतिबद्धता पूरा नगरे अमेरिका पुनः सैन्य कारबाहीमा जान सक्ने चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार यो सम्झौता मध्यपूर्वमा लामो समयदेखि जारी तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदम भए पनि अन्तिम राजनीतिक सहमति र सुरक्षा व्यवस्था अझै स्पष्ट हुन बाँकी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.