भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अविरल वर्षाले साँफे – मार्तडी राजमार्ग अवरुद्ध, आवागमन ठप्प

अविरल वर्षाले साँफे – मार्तडी राजमार्ग अवरुद्ध, आवागमन ठप्प

बाजुरा, ३१ साउन । गएरातिदेखिको अविरल वर्षाका कारण साँफे – मार्तडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी जोड्ने यो मुख्य राजमार्ग बडीमालिका नगरपालिका – ४ स्थित रिला खोलामा आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार, रिला गाउँमाथिबाट खसेको पहिरोले खोलामा बाढी आएसँगै सडक पूर्ण अवरुद्ध भएको हो । बाढीको कारणले सडकमा ठूलो क्षति पुगेकाले सवारी आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।

राजमार्ग खुलाउने प्रयासस्वरूप सडक डिभिजन कार्यालयसँग समन्वय गरी जेसिभी पठाउने काम भइरहेको चौधरीले जानकारी दिए । तर लगातार भइरहेको वर्षाले माथिबाट थप पहिरो खसिरहेकाले बाटो खुलाउन थप चुनौती सिर्जना भएको छ ।

राजमार्ग बन्द हुँदा बाजुरा जिल्लाबाट बाहिर जाने तथा भित्रिने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । यसले स्थानीय बासिन्दा, यात्रु र व्यवसायिक आपूर्तिमा समेत प्रत्यक्ष असर पारेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.