भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कमजोर मनसुन : पहाडी र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना

कमजोर मनसुन : पहाडी र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, ३१ साउन । नेपालमा सक्रिय मनसुन प्रणाली कमजोर बनेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले वर्षा गतिविधि सामान्यभन्दा कम भएको मौसमविद्हरू बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदलीको अवस्था रहनेछ ।

कुन – कुन क्षेत्रमा वर्षा ?

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग

बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू

तराई भू–भागका एक–दुई स्थानमा

यी स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज रातिसमेत कोशी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्यत्र आंशिक बदलीको अवस्था रहने महाशाखाले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.