भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

विश्वका एक सय ७० भन्दा धेरै देशहरूमा सुरक्षित इन्टरनेट दिवस मनाइन्छ

विश्वका एक सय ७० भन्दा धेरै देशहरूमा सुरक्षित इन्टरनेट दिवस मनाइन्छ

काठमाण्डौ । एक सय ७० भन्दा धेरै देशहरूमा हरेक वर्ष फेब्रुअरी दोस्रो हप्ताको मङ्गलवार सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । मंगलबार यो दिवस विश्वभरी मनाइएको छ ।

सुरक्षित इन्टरनेट दिवसको अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्को अग्रसरतामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । ‘सुरक्षित इन्टरनेटः सबैका लागि, सधैँका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।

बालबालिकाको इन्टरनेट सुरक्षाका लागि काम गर्ने संस्था चाइल्ड सेफनेटले सन् २०१९ देखि नेपालमा राष्ट्रिय सचिवालयको रूपमा सुरक्षित इन्टरनेट दिवस अन्तर्गतका कार्यक्रमहरूको समन्वय गर्दै आएको छ ।

भर्चुअल छलफलमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणसमेतको आयोजकको रूपमा र विकास साझेदार तथा नागरिक सङ्घ–संस्था सञ्जालको समन्वय र सहयोग रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.