भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हिमाली एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

हिमाली एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाण्डौ । मंगलबार कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली भएको हो ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अरु ठाउँमा मौसम सामान्यतया सफा रहने र तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली वायुमण्डलीय प्रणाली हो, जसले पश्चिमी क्षेत्रबाट पूर्वतर्फ सर्ने क्रममा दक्षिण एशियाली क्षेत्र विशेष गरी भारत, पाकिस्तान, नेपाल र आसपासका देशमा मौसममा महत्त्वपूर्ण परिवर्तन ल्याउने गर्छ ।

२६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थामा आंशिक बदली भन्ने गरिएको छ । २५ प्रतिशतसम्म आकाशमा बादल लागेमा मौसम सफा रहेको मानिन्छ ।

 


Thali Mobile Pvt.Ltd.