भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

साफ महिला च्याम्पियनसिप : बंगलादेश र भारत सेमिफाइनलमा, नेपालको सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप : बंगलादेश र भारत सेमिफाइनलमा, नेपालको सम्भावना बलियो

काठमाडौँ, १५ जेठ । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ बाट साबिक विजेता बंगलादेश र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

हिजो सम्पन्न खेलमा बंगलादेशले मालदिभ्सलाई ४–२ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गर्‍यो । यस नतिजासँगै बंगलादेश समूह चरणबाट सेमिफाइनलमा पुग्ने टोली बनेको छ । भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

यता, लगातार दोस्रो हार बेहोरेपछि मालदिभ्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । समूह ‘बी’ मा बंगलादेश र भारतको दबाबपूर्ण प्रदर्शन देखिएको छ ।

समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलङ्का प्रतिस्पर्धामा रहेका छन् । पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको भुटानले दोस्रो खेलमा शानदार पुनरागमन गर्दै श्रीलङ्कालाई ४–० ले हराएको छ । यस जितसँगै भुटानले सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेल आइतबार श्रीलङ्काविरुद्ध खेल्नेछ । उक्त खेलमा बराबरी गरे पनि नेपाल सेमिफाइनलमा पुग्नेछ भने जीत हासिल गरे नेपाल समूह विजेताका रूपमा अगाडि बढ्नेछ । नेपाली टोली अहिले समर्थकको ठूलो अपेक्षासहित उपाधि यात्रामा अघि बढिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.