भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

१५ दिन, ४ सगरमाथा आरोहण, ताशी ग्याल्जेन शेर्पाको नाममा विश्व कीर्तिमान

१५ दिन, ४ सगरमाथा आरोहण, ताशी ग्याल्जेन शेर्पाको नाममा विश्व कीर्तिमान

काठमाडौँ, १३ जेठ । १५ दिनको छोटो अवधिमा चार पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने खुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

शुक्रबार बिहान ३:१३ बजे ताशीले सगरमाथाको ८,८४८.८६ मिटर उचाइमा चौथोपटक पाइला टेकेका थिए। यस अद्भुत उपलब्धिसँगै उनले विश्वकै छिटो चार पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान कायम गरेका छन्। उनको साहस, शारीरिक क्षमता र आत्मबलले विश्वभरका पर्वतारोहण प्रेमीलाई प्रेरणा दिएको छ।

आज बिहान त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा उनलाई उनका परिवार, पर्यटन व्यवसायी, शेर्पा समुदायका प्रतिनिधि तथा सयौं प्रशंसकहरूले फूलमालासहित भव्य स्वागत गरे। स्वागत समारोहमा सहभागीहरूले ताशीको योगदानलाई नेपाली गौरवको प्रतीकका रूपमा वर्णन गरे।

ताशी ग्याल्जेन शेर्पाले यो कीर्तिमान केवल व्यक्तिगत सफलता नभई, सम्पूर्ण शेर्पा समुदाय र नेपाली पर्वतारोहणको उच्च स्थानलाई पुनः स्थापित गर्ने कार्य भएको बताएका छन्। उनका अनुसार यो सफलता पछाडि टिम वर्क, नियमित अभ्यास र परिवारको समर्थन रहेको छ।

 


Thali Mobile Pvt.Ltd.