भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दशैंका लागि साझाको काठमाडौं–नारायणगढ बस सेवा, भाडा ३०० रुपैयाँ तोकियो

दशैंका लागि साझाको काठमाडौं–नारायणगढ बस सेवा, भाडा ३०० रुपैयाँ तोकियो

काठमाडौं, ८ असोज । बडादशैंलाई लक्षित गर्दै साझा यातायात सहकारी संस्थाले काठमाडौं–नारायणगढ–काठमाडौं बस सेवा सुरु गरेको छ ।

असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म सञ्चालन हुने यस सेवाअन्तर्गत काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट पुनः काठमाडौं फर्किने व्यवस्था गरिएको छ । काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३०० रुपैयाँ तोकिएको साझा यातायातले जनाएको छ ।

बसहरू ललितपुरको पुल्चोकबाट प्रस्थान गरी लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकी पुगेर नारायणगढतर्फ जाने छन् । कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्नेछ भने त्यसपछि ८, ९, १०, ११ र १२ बजे पनि बस छुट्नेछ ।

नारायणगढ पुगेपछि ती बस यात्रु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् । यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै बसमा टिकट अनिवार्य गरिएको छ । साथै यात्रुलाई सिट बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराइने व्यवस्था गरिएको साझा यातायात सहकारी संस्थाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.