भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मुग्लिन–नारायणगढ सडकमा ठुलो पहिरो, वैकल्पिक मार्गमै भर पर्नुपर्ने अवस्था

मुग्लिन–नारायणगढ सडकमा ठुलो पहिरो, वैकल्पिक मार्गमै भर पर्नुपर्ने अवस्था

काठमाडौँ, ८ असोज । चितवनको तुइन खोलामा मंगलबार बेलुकी सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

बुधबार बिहानदेखि पहिरो पन्छाउने प्रयास सुरु भए पनि निरन्तर ढुङ्गा खसिरहेकाले आजै सडक खुल्ने सम्भावना न्यून रहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जनाएका छन् ।

सडक अवरुद्ध हुँदा यातायात ठप्प बनेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रूपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको खैरेनीटारबाट यात्रा गर्न सकिने जनाइएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा पछिल्ला दिनमा बारम्बार पहिरो खस्दा यात्रुहरू दैनिकजसो सास्ती खेपिरहेका छन् ।

सडकमा पहिरो हटाएर केहीबेर यातायात सञ्चालन गरिए पनि फेरि ढुङ्गा खस्दै बाटो अवरुद्ध हुने क्रम दोहोरिएको छ । दशैंको यात्रा नजिकिँदै गर्दा यस्तो अवरोधका कारण यात्रु र सर्वसाधारण थप मारमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.