भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

सल्लाघारीस्थित १०८ रोपनी परिसरमा सरसफाई

सल्लाघारीस्थित १०८ रोपनी परिसरमा सरसफाई

भक्तपुर । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भनपा १ स्थित १०८ रोपनी परिसरमा सरसफाई भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सरससफाई कार्यक्रम संस्कारको रुपमा गर्दै आएको बताउँनु भयो । उहाँले भक्तपुर नगरलाई सुन्दर नगरको रुपमा परिचित गराउन सफल भएको चर्चा गर्नुभयो ।

वर्तमान समयमा वातावरण प्रदुषण गर्ने प्रमुख कारक तत्व प्लाष्टिकजन्य सामग्री रहेकोले यसलाई व्यवस्थित गर्नु सबै नगरबासीको कर्तव्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा भनपा ४ का वडाध्यक्ष एवं वातावरण समितिका सदस्य उपेन्द्र सुवालले पञ्चायत कालदेखिनै भक्तपुर नपाले सरसफाईलाई प्राथमिकता दिंदै आएको बताउनुहुँदै विश्व तापमान वृद्धि र वातावरण प्रदुषणका कारण हिमालमा हिउँ देखा नपरेको समेत जानकारी गराउनुभयो ।

त्यसैगरी भनपा ६ का वडाध्यक्ष हरिराम सुवालले स्थानीय निर्वाचन, २०७९ को नेपाल मजदुर किसापन पार्टीको घोषणापत्रमा विश्वविद्यालय स्थापना गर्न पहल गर्ने उल्लेख गरे अनुसार १०८ रोपनी परिसरमा विश्वविद्यालय संचालनको लागि भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टसँग अनुरोध गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति एवं भनपा १ का कार्यवाहक वडाध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भक्तपुर नगरलाई स्वच्छ, सुन्दर ऐतिहासिक पर्यटकीय नगरको रुपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीहरु, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा रहेको थियो ।

संस्थागत सहभागिता अन्तर्गत सन्तति आधारभूत विद्यालय, उदय आधारभूत विद्यालय, ज्ञानविजय आधारिभूत विद्यालय, अक्फोर्ड प्राक्टिकल स्कूल, मोर्डन कलेजरस्कूल, सूर्यविनायक ईङ्गलिश स्कूल, सल्लाघारी तेक्वाण्डो डोजाङ्ग, नपनी सिर्जना सेवा समाज परिवार, चोङ्गा गणेश सल्लाघारी महिला दिदीबहिनी समूह, चोङ्गा गणेश विकास संस्था, मुपुज्व सल्लाघारी टोल सुधा समिति, सल्लाघारी छिकोङ्ग समूह, नपनी छिकोङ समूह रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.