भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

१५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा

१५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा

पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

गत माघ ११ गते राती करिब एक बजेको समयमा पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसको कार्यालय कक्षमा रहेको र्‍याकमा रहेको १४ लाख ७४ हजार चोरी भएको थियो।

चोरीको विषयमा थाहा पाएको कास्की प्रहरीले वडा प्रहरी कार्यालय बैदाममा अनुसन्धानका लागि टोली खटाएको थियो। रुपन्देहीको देवदह नगरपालिका–१० घर भएका २२ वर्षीय ​ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका–३ घर भएकी २९ वर्षिया पूजा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिका नगरको एक होटेलबाट १२ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ र तीन थान मोबाइल सहित पक्राउ परेका हुन्।

उनीहरू दुवैमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा ईश्वर पूजाले चोरी गरेको खुलेपछि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा माघ १३ गते उनीहरूलाई पक्राउ गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.