पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
गत माघ ११ गते राती करिब एक बजेको समयमा पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसको कार्यालय कक्षमा रहेको र्याकमा रहेको १४ लाख ७४ हजार चोरी भएको थियो।
चोरीको विषयमा थाहा पाएको कास्की प्रहरीले वडा प्रहरी कार्यालय बैदाममा अनुसन्धानका लागि टोली खटाएको थियो। रुपन्देहीको देवदह नगरपालिका–१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका–३ घर भएकी २९ वर्षिया पूजा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिका नगरको एक होटेलबाट १२ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ र तीन थान मोबाइल सहित पक्राउ परेका हुन्।
उनीहरू दुवैमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा ईश्वर पूजाले चोरी गरेको खुलेपछि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा माघ १३ गते उनीहरूलाई पक्राउ गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको यस घटनाले स्थानीय समुदायलाई...
भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका...
काठमाडौँ, १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
काठमाडौँ, १० जेठ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने...