भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सानोठिमी तेक्वान्दो परिवारको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

सानोठिमी तेक्वान्दो परिवारको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । सानोठिमी तेक्वान्दो परिवारको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । मध्यपुरथिमी नगरपालिका वडा न ९ को निलबाराही रिर्साेटमा सम्पन्न वार्षिक साधारणसभाकाे बागमती प्रदेश सभा सदस्य किरण थापाले उद्घाटन गर्दै भक्तपुरलाई खेलकुदकाे हव बनाउन लागिपरेकाे बताए ।

स्थानीय तहले हरेक स्कुल स्कुलमा खेलकुदकाे विकास गरेर लैजानुपर्ने भन्दै उनले बागमती प्रदेश खेलकुद विकास समितिकाे तर्फबाट सक्ने सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गरे । तेक्वान्दाे विकासका लागि प्रदेशका तर्फबाट थप सहयाेग गर्ने बताए ।

कार्यक्रममा सानोठिमी तेक्वान्दो परिवारका अध्यक्ष इन्द्रभक्त चित्रकारले स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल अहिलेकाे आवश्यक्ता भएकाे बताए । खेल भनेकाे शक्ति हाे भन्दै ठिमीले खेलकुदकाे नेतृत्वदायी भूमिका खेल्नेमा आशावादी भएकाे बताए ।

जिल्ला, प्रदेश र अन्तराष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्न डाेजाङले महत्वपूर्ण भूमिका खेलेकाे जिकिर गरे । शनिबार तेस्रो साधारण सभामा बाेल्दै मध्यपुरथिमी नगरपालिका वडा नं. ९ का अध्यक्ष सानोकाजी राजवाहकले विगत देखि नै खेलकुदमा सहयाेग गर्दै आएकाे बताए ।

निलबाराही क्षेत्र पर्यापर्यटनकाे केन्द्र रहेकाे भन्दै खेलकुदसंगसंगै पर्यटन विकासमा जाेड दिएर जाने धारणा राखे । उनले तेक्वान्दाेमा महिलाले राष्ट्रकाे पहिचान अन्तराष्ट्रिय जगतसम्म पुर्याएकाे दृष्टान्त देखाए ।

सानोठिमी तेक्वाण्दो परिवारका सरक्षक नेपाल तेक्वाण्दो संघ बागमती प्रदेश सदस्य नरेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रममा सानोठिमी तेक्वान्दो परिवारका उपाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले कार्यक्रमकाे संयाेजन गरेका थिए ।

सानोठिमी तेक्वान्दो परिवारका कोषाध्यक्ष अनिल श्रेष्ठले डाेजाङकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । सानोठिमी तेक्वाण्दो परिबारका ऋण समिति संयोजक तथा सानोठिमी तेक्वाण्दो अभिभावक समितिका अध्यक्ष सिजन बस्नेत,

सानोठिमी तेक्वान्दो परिवारका सह काेषाध्यक्ष रामबहादुर क्षेत्री, सचिव तेजकृष्ण श्रेष्ठ, सदस्यहरू, पत्रकार र खेलाडीकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । कार्यक्रमपछि बनभाेजसंगै सास्कृतिक कार्यक्रम आयाेजना गरेकाे थियाे ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.