भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेथानचोकका विद्यार्थीले बनाए रोबट

बेथानचोकका विद्यार्थीले बनाए रोबट

धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन् । इञ्जिनियरिङ सङ्कायका मेधावी विद्यार्थीबाट कक्षा ९, १० ११ र १२ का विद्यार्थीले तालिम लिएपछि उनीहरूले यन्त्रमानव ९रोबट० बनाएर शुक्रबार गाउँपालिकाको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीले बनाएका विद्युतीय खेलौना, स्मार्ट कार, फोहर फाल्ने भाँडो र विद्युतीय बल्बलाई ‘एप’ निर्माण गरी त्यसलाई विद्युत्को माध्यमबाट अनुकूलतामा चलाएर प्रदर्शन गरेका हुन् । बेथानचोक गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी सन्दीप तामाङले तीन दिनसम्म तालिम लिएर स्मार्ट कार बनाएर आफू अनुकूलतामा चलाउन सक्ने बनेको बताए । “बनेका स्मार्ट कारलाई विद्युतीय माध्यमबाट चलाउने र त्यसलाई नियन्त्रण गर्नसक्ने सीप सिक्न सफल भएँ ।” उनले भने ।

भीमसेनेश्वर माध्यमिक विद्यालयका अर्का विद्यार्थी रोज खत्रीले तालिमबाट नयाँ ज्ञान लिन पाएकोमा खुसी लागेको बताए। कालिका माध्यमिक विद्यालयका रोजन तामाङले बनाउन सिकेको सामग्रीलाई प्रयोगमा ल्याएर सुविधा उपभोग गर्न प्रेरित गरेको बताए । अर्का विद्यार्थी अर्पणा तामाङले तालिमबाट घरको छतमा राखिएको पानी ट्याङ्कीमा पानी सकिएको र त्यो भरिएको जनाउ दिने ‘साइरन’ जडानको सीप सिकेको बताए ।

गुजारतमा इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययनरत तालिमका प्रशिक्षक प्रसान्तकुमार चौधरीले विद्यार्थीलाई ब्ल्युटुथ कन्ट्रोल कार, ब्याट्रीबाट चलाउन मिल्ने गाडी, स्मार्ट डस्टविन र स्मार्टहोम अटोमेसिन बनाउने विधि र प्रविधिको बारेमा ज्ञान दिएको बताए । विद्यार्थीलाई उनीहरूको तहगत कक्षाअनुसार प्रविधिको बारेमा ज्ञान दिएको बताए ।

वेथानचोक पालिकाका अध्यक्ष भगवान् अधिकारी हरेक विद्यार्थीलाई फुर्सद हुँदा चिया चौतारीमा गफ गरेर समय बिताउने नभई प्रविधिको क्षेत्रमा पनि बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले प्रशिक्षाणको व्यवस्था गरिएको बताउछन् । तालिममा आधारभूत र माध्यमिक तहका विज्ञान शिक्षक÷शिक्षिका र कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीलाई तालिममा सहभागी गराइएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.