भक्तपुर । सानोठिमी तेक्वान्दोको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार ताथली इको भिलेज रिर्सोटमा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि श्रीकृष्ण श्रेष्ठले खेलकुद विकासका लागि राजैतिक रोच परिवर्तन गर्न जरुरी रहेको बताए । खेलकुद राजनिति अपरिहार्य हुने कुरामा जोड दिदै उनले पालिकाले खेलकुदका क्षेत्रमा महत्व दिनुपर्ने धारणा राखे । जुनसुकै तहमा निर्वाचित प्रतिनिधि भएपनि खेलकुदमा बजेट बढाउन आवाज उठाउन उनीहरुलाई खेलकर्मीहरुले दवाव दिन आवश्यक रहेको बताए ।
यसका लागि खेलाडी देखि खेलप्रेमीले आवाज उठाउनु पर्ने जिकिर गरे । कार्यक्रममा संघले आफ्नो साधारण सभा सम्पन्न गरेकोमा धन्यबाद दिंदै मध्यपुरथिमी नगरपालिका वडा नं. १ का वडाध्यक्ष बाबुकाजी डंगोलले खेल विकासका लागि आफूले १ लाख बजेट सहयोग गर्ने बताए । उनले भने–“खेलकुदमा जहिले पनि बजेट अभावका कारण समस्या छ । बजेट बढ्ने विषय कहिल्यै पनि प्राथमिकतामा परेन । अब संसद देखि पालिका सम्म बजेट बढाउने विषय पनि राजनितिको मुलधार बनाउनु पर्छ । तर त्यो पाटीगत राजनिती नभइ खेल राजनीति हुनु पर्छ ।”
नेपाली खेलकुदमा न्यून बजेटका कारण सोचे अनुरुप विकास हुन नसकेको कार्यक्रमका सभापति इन्द्र चित्रकारले बताए । साधारण सभामा विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सभामा बोल्ने वक्ताहरुले खेलकुद कार्यक्रमका बजेट ढोकाबाट नआई झ्यालबाट आउन थालेको जिकिर गरे । सरकारले वार्षिक बजेटमा न्यून बजेट ल्याउँछ । तर केही खेलकुद कार्यक्रमहरुमा राज्यकै लाखौं लगानी रहेको र यसले खेलकुद विकासको गतिलाई पछि धकेलेको दावी उनीहरुको छ ।
परिषदको निर्देशन अनुसार समयमा साधारण सभा तथा अधिवेशन, दर्ता, नविकरण र अद्यावधिक गरिएको सहभागिको भनाइ छ । प्रदेश खेलकुद विकासका लागि बागमती प्रदेशले विशेष पहल गर्न भन्दै सहभागिले अतिथिहरुलाई अनुरोध गरेका थिए । खेलकुद विकासका लागि निजि संस्थाहरुलाई समेत प्रोत्सहान गर्ने गरी खेलकुदका कार्यक्रम ल्याउनु पर्ने धारणा उनीहरुको छ । साधारण सभामा तेक्वान्दो खेलाडी तथा रेफ्रिहरुको पनि सहभागिता रहेको थियो ।
भक्तपुरमा विशेष प्रकारको तेक्वान्दो प्रशिक्षण हल निर्माण गर्न आवश्यक रहेको र त्यसका लागि सहयोगी सस्थाहरुको अपेक्षा गरिएको तोक्वान्दो खेलका पारखीहरुको भनाइ छ । खेलाडी र खेलकुद विकासका लागि सबैको सहकार्य अनिवार्य हुनुपर्ने सहभागिले बताएका छन् । तेक्वान्दो परिवारका सदस्य अनिश वैद्यको स्वागत मन्तव्यबाट सुरुभएको साधारण सभामा प्रतिवेदन राम बहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्दोसंघ बागमती प्रदेसका सदस्य नरेन्द्र थापालगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ । पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ । बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली अखिल नेपाल कबड्डी सङ्घले घोषणा गरेको हो । टोलीमा नेपाल...
काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला टी २० विश्वकपमा आज नेपाल र स्कतल्याण्ड भिड्ने भएका छन् । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो...
काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो । पुलिसलाई जिताउन स्पिनर जोडी...
काठमाडौं । फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित...